Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

पर्वत – कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र तयार रहेको बताउनुभएको छ ।

आज पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा एमालेसँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माओवादीले गर्ने र अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गर्नुभयो । उहाँले सरकारका बारेमा नेपाली काँग्रेस र एमाले पनि सकारात्मक भएकाले अब केही समयमै राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताउनुभयो । मन्त्री गजुरेलले संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प नरहेको बताउँदै नेपाली काँग्रेस, एमाले वा माओवादी जुनसुकै दलको नेतृत्वमा भए पनि हुनुपर्ने बताउनुभयो ।

उहाँले मधेसवादी दलका समस्या वार्ता मार्फत हल गरेर अबको २० महिनाभित्र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले बाँकी २० महिनाभित्र संविधानको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने काम सम्पन्न गर्नका लागि पनि अब सबै दल एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । दलहरू एकै ठाउँमा नहुँदा मुलुकले अग्र गति लिन नसकेको उहाँले दाबी गर्नुभयो ।

नेपालका हरेक घटनाक्रम सहजरुपमा अगाडि बढ्न नसक्ने भएकाले जटिलता उत्पन्न हुने बताउँदै मुलुकको शक्ति विकेन्द्रित हुँदा समस्या भएको बताउनुभयो । पटक पटक नेपालको राजनीतिमा परिवर्तन हुने तर जनताको जीवनस्तरमा परिवर्तन हुन नसक्दा निराशा पैदा हुने गरेको बताउँदै त्यसतर्फ अब राज्यका कामहरू केन्द्रित गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया