Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

पोखरा – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ  उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गर्नुभयो । पत्रकारको एक प्रश्नको जवाफमा एमाले उपाध्यक्ष गौतमले एमाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको र सकभर वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा त्यो नभए जो उपयुक्त हुन्छ, त्यसैको नेतृत्वमा सहमति गर्न एमाले खुल्ला रहेको धारणा राख्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागू हुनुपर्नेमा पनि जोड दिनुभयो । उपाध्यक्ष गौतमले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गर्दै उहाँले अझ यसले तराईको बाटोघाटो, खानेपानी र पूर्वाधार विकासमा ठुलो बजेट विनियोजन भएकाले तराईका जनता यो बजेटबाट धेरै नै खुसी भएका र उनीहरूले न्याय पाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया