काठमाडौँ – नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी अभियोगमा फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय रुपनीले नटकी रायपुर गाविस ८ स्थित रुपनीचोकबाट सोमबार राति पक्राउ गरेको थियो ।
जिल्ला अदालतले नकटी रामपुर गाविस ४ का ३२ वर्षीय साहलाई चार वर्ष एक महिना १५ दिनको कैद साजयको फैसला भएपछि कारागार पठाएको आजको अन्नपूर्णमा समाचार छ ।