Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – नयाँ संविधानप्रती असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको संघीय गठबन्धनले आजबाट अनसनको कार्यक्रम सुरु गरेको छ ।

बिहान ७ बजेबाट राजधानीको खुल्लामञ्चमा सुरु गरिएको अनसन कार्यक्रम साँझ ७ बजेसम्म चल्ने छ । पहिलो दिन आज संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवसहित अन्य दलका शीर्ष नेताहरू अनसनमा बस्ने कार्यक्रम रहेको छ । अनसन स्थलमा ३० जना कार्यकर्ता पनि बस्नेछन् । प्रत्येक दिन ३ बजेदेखि अनसन स्थलमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम समेत गरिने गठबन्धनले जनाएको छ ।

प्रत्येक दिन अनसनको अन्त्यमा गठबन्धनका एक शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरिको कार्यक्रम समापन हुने छ । रिले अनसन असार मसान्तसम्म चल्ने छ । संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गते सिंहदरबार र वालुवाटार घेराऊ गरिसकेको छ ।

दोस्रो चरणमा गठबन्धनले राजधानीका विभिन्न स्थानमा विरोध सभा गरेको थियो ।

तपाईको प्रतिक्रिया