काठमाडौँ – कोपा अमेरिका फुटबलमा पनामाले विजयी सुरुवात गरेको छ ।
अमेरिकामा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान भएको खेलमा पनामाले बोलिभियालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको ११ मिनेटमा परेजले गोल गर्दै सुरुवाती अग्रता दिलाए। पनामाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
खेलको ५४ औँ मिनेटमा जाउन कार्लोसले बोलिभियाका लागि बराबरी गोल फर्काए। तर खेलको ८७ औँ मिनेटमा ब्लास एन्टिनियो परेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बोलिभिया २–१ गोल अन्तरले पराजित भयो । –एजेन्सी