Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – वरिष्ठ संगीतकार अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको हो ।

गुरुङको पुख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । गुरुङका बुबामात्र नभई, हजुरबुबा देवराज गुरुङले पनि सेनामा जागिर खानुहुन्थ्यो । तीन छोरा किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङले आईए, सम्म अध्ययन गर्नुभएको थियो । २०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सङ्गीत निर्देशकका रूपमा काम गर्नुभएका गुरुङ नेपाली साङ्गीतिक आकाशका एक नक्षेत्र रूपमा चिनिनुहुन्थ्यो । हाल काठमाडौँको महाराजगञ्ज चक्रपथ नजिकै बसोबास गर्ने गुरुङ पछिल्लो समय स्वास्थ्यमा आएको समस्याले ग्रसित हुनुहुन्थ्यो । उहाँको गायन तथा सँगीगिक यात्राको सुरुवात वि.सं. २०१६ मा भएको हो ।

गुरुङले पहिलो पटक कलकत्तावाट दुई गीत ‘इम अम्बर हुँ’ र ‘सम्हालेर राख’ बाट गीतिलेखन प्रारम्भ गर्नुभएको थियो । सँगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीले लेख्नुभएको ‘नौ लाख तारा उदाए’ बोलको गीत रेकर्ड गर्नुभयो । एक हप्तामै पाँच सय प्रति बिक्री भएको उक्त गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । पछि यही गीत नेपालीले पनि धेरै मन पराए । राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँने गर्दथे । उनी वि.सं. २०२५ सालमा पुन नेपाल आए ।amar

वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोर्होयाएपछि गुरुङ नेपाल आएर बस्नुभएको थियो । वि.सं. २०२६ मा सङ्गीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश गर्नुभयो । सङ्गीत प्रमुख, सङ्गीत संयोजक र सङ्गीत निर्देशक भएर वि.सं. २०५४ मा अवकाश पाएपछि पनि सक्रिय रूपमा नेपाली साङ्गीतिक आकाशमा घाँम जस्तै न्यानो र छाँया जस्तै शीतल प्रदान गरिरहनुभयो । लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गर्नुभएका गुरुङले नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली’ को सङ्गीत गर्नु भएको थियो ।

सत्यमोहन जोशीका चार नाटक लगायत माधवप्रसाद घिमिरेको मालती मङ्गलेमा समेत सङ्गीत दिनुभएको छ । चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पार्शव सङ्गीत पनि गुरुङले दिनुभएको छ । त्यस्तै आदिकवि भानुभक्त वृतचित्रमा पार्श्वसँगीत, स्वर दिनुभएको छ । धेरै कर्णप्रिय गीतका संगीतकार, रचनाकार, गायक अम्बर गुरुङ हामी सामु नरहेपनि उँहाको सम्झना हामी सामु सधैँ अमर रहनेछ । अलबिदा अम्बर !

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया