टोकियो – प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सव तथा तिज कार्यक्रम गर्दै आइरहेको स्याङ्जा समाज जापानले यस वर्ष पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
नेपालका चर्चित कलाकारहरुका साथमा जापानका मुख्य ३ सहर टोकियो, फुकुओका र नागोयामा उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ । हालसालै नागोया र फुकुओकामा क्षेत्रीय कमिटी गठन गरेको समाजले नेपालका चर्चित ३ कलाकारहरुको साथमा गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्य सामाग्री वितरण तथा अपाङ्गहरूको भवन निर्माणार्थ आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरी अर्जुन हमाल र अमृता बस्नेतको संयोजकत्वमा पुरुष र महिला गरी २३ सदस्य सहितको संयोजक समिति पनि गठन गरिएको छ ।
कार्यक्रम टोकियोमा ४ तारिक, फुकुओका ३ तारिक र नागोयाको बारेमा छिट्टै जानकारी गराइने समितिले जनाएको छ । उक्त कार्यक्रममा अन्य कार्यक्रम नजुधाइ सहयोग गरिदिन समाजका अध्यक्ष तथा केन्द्रीय संयोजक जीवन न्यौपानेले सम्पूर्ण संस्थाहरुसँग आग्रह गर्नुभएको छ ।