Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – राष्ट्रिय गानका संगीतकार एवम् वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि धापासी स्थित ग्राण्डी अस्पताल उपचार गराईरहनुभएका गुरुङको मङ्गलवार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहनुभएका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारका लागि भर्ना गरिएको थियो ।

खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातीबाट उँहालाई भेन्टिलेटरमा राखिएको थियो । दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट वि.सं १९९४ मा गुरुङको जन्म भएको थियो। गुरुङको पुख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।

गुरुङले नेपाली राष्ट्रिय गान (सयौँ फुलका थुङ्गा हामी एउटै माला नेपाली)मा समेत सङ्गीत दिएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया