बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

रौतहट- आन्दोलनकारीले जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन्।

गौरस्थित समितिको पुरनो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी गरेका हुन्। आगजनीबाट नागरिकता रेकर्डलगायतका महत्पूर्ण कागजात जलेको प्रहरीले जनाएको छ।

प्रहरीले नगरपालिकाको बारुण यन्त्रबाट आगजनी नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रद्युम्न कार्कीका अनुसार आगजनी गर्नेहरुको खोजी भइरहेको छ। मधेसी मोर्चाले आज १७औं दिन पनि गौर बन्द गराएका छन्।

तपाईको प्रतिक्रिया