Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज गरेको छ। मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान, र नहकुल सुवेदीको पूर्ण इजलासले अन्तिम बहसपछि यो निर्णय गरेको हो। यदि रिट स्वीकार भएको भए, केदार कार्की मुख्यमन्त्रीको रूपमा फर्कने सम्भावना थियो। तर, रिट खारेज भएपछि वर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफ्नो पदमा निरन्तरता पाएका छन्।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध अविश्वास प्रस्ताव नराखीकन एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो। पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो सरकार सञ्चालन भइरहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु संविधान विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई मुख्यमन्त्रीको रूपमा निरन्तरता दिन माग गरेका थिए। तर, सर्वोच्चले उनको माग अस्वीकार गरेको छ।

कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, र कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका थिए। रिट खारेज भएपछि हिक्मत नेतृत्वको वर्तमान गठबन्धन सरकारले निरन्तरता पाएको छ।

तपाईको प्रतिक्रिया