Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १७, २०८१
Thursday, January 30, 2025

काठमाडौं – सप्तरी डाक्नेश्वरी नगरपालिकाकी एक महिलाले कतारमा रहेका श्रीमानले फोनबाटै ‘तलाक’ दिएको गुनासो गरेकी छन् । नन्दले झुटो कुरा पुर्‍याएर तलाकको अवस्थामा पुर्‍याई दिएको उनले गुनासो गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिंया टोल बस्ने २२ वर्षिया सनिजा खातुनले यस्तो गुनासो गरेकी हुन् । उनले विवाहको तीन वर्ष हुन लाग्दा पनि श्रीमान् मो. आकुवले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाईदिन आग्रह गर्दा ‘किन हतार गरेको’ भन्दै रिसाउने गरेको बताइन् ।

हाल उनका श्रीमान् आकुव रोजगारीका सिलसिलामा कतारमा छन् । डेढ वर्षदेखि कतारमा रहेका श्रीमानलाई नन्द मरियम खातुनले मेरोबारेमा झुटो कुरा लगाई भड्काएको र अन्त्यमा श्रीमानले ५ महिना अघि फोनबाटै ‘तलाक’ दिएपछि आफू विच्चलीमा परेको उनले बताइएकी छन् । पछिल्लो मंसिर १९ गते राती आफू गाउँको एक वैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, अँगुठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको उनको आरोप छ ।

आफूविरुद्ध नन्द मरियमले समय–समयमा झुटो कुरा लगाएर श्रीमानलाई भड्काउने र अन्त्यमा श्रीमानले फोनबाटै ‘तलाक’ दिँदा आफू घर न घाटकी भएको उनको गुनासो छ । उनले नन्द मरियमविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएकी छन् । जाहेरीमार्फत घरमा चोरी गर्ने तथा आफूलाई तलाक सम्मको अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनु पर्ने उनको माग छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया