Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गाजा क्षेत्रमा आयोजित एक विशेष कार्यक्रममा प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीहरूलाई रिहा गरेको छ। यस क्रममा इजरायलका तीन तथा थाइल्यान्डका पाँच नागरिक मुक्त भएका छन्। हमासको कब्जामा ४८२ दिनसम्म रहेका इजरायली नागरिकहरू—२९ वर्षीया अर्बेल एह्युद, ८० वर्षीय गदी मोसेस, र २० वर्षीय अगम बर्गेरलाई बिहीबार रिहा गरिएको हो। उनीहरूसँगै थाइल्यान्डका पाँच नागरिकलाई पनि स्वतन्त्र गरिएको छ।

रिहाइको क्रममा देखिएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियोमा हमासका लडाकुहरूले २९ वर्षीया अर्बेल एह्युदलाई रेडक्रसको गाडीतर्फ डोर्‍याउँदै गरेको दृश्य देख्न सकिन्छ। खुट्टा खोच्याउँदै गरेकी उनलाई हमासका लडाकुहरूले सम्मानपूर्वक गाडीतर्फ लैजाँदै गरेको देखिन्छ। रिहाइ गरिएका सबै बन्दीहरूलाई गाजा स्ट्रिपबाट अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाइएको थियो। पछि इजरायली सेनाले हेलिकप्टरमार्फत उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेका थिए। यस घटनाका क्रममा हमासका सयौँ लडाकुहरू तथा प्यालेस्टिनी नागरिकहरू गाजा स्ट्रिपमा जम्मा भएका थिए।

यसबीच, २०२३ अक्टोबर ७ मा अपहरण गरिएका नेपाली युवा विपिन जोशीको अवस्थाबारे भने अझै स्पष्ट जानकारी प्राप्त भएको छैन। जेरूसेलम पोस्टका अनुसार विपिनसहित अन्य केही विदेशी नागरिकहरू हमासको कब्जामा रहेको आशंका गरिए पनि यसको औपचारिक पुष्टि हुन सकेको छैन। हमासले विपिनलाई कहिले रिहा गर्ने भन्ने विषय अझै निश्चित भएको छैन। सम्भवत: रिहा गर्ने अर्को सूची सार्वजनिक हुँदा विपिन पर्न सक्ने विश्वास छ ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया