Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

काठमाडौं – शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ करिब २ मिनेट लामोको टिजर सार्वजनिक भएको छ । फिल्मका कथावस्तु र चरित्र चित्रणबारे रिभिल गर्दै टिजरले दर्शकको ध्यान आकर्षित गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उपल्लो डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित सुरु भएको टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन् । अभिनेता बिजय बरालको भुमिकालाई पनि टिजरमा रोचक तरिकाले प्रस्तुत गरिएको छ । धुर्मुस र विजय बरालसहित चलचित्रका सबै कलाकारको झलक टिजरमा देख्न पाइन्छ । त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढईएको छ ।

वैदेशिक रोजगार र युवाको श्रमशक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो । फागुन १४ बाट यो चलचित्र नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनी’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

तपाईको प्रतिक्रिया