Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले यो साता थप ६ जना इजरेली बन्धकलाई मुक्त गर्ने तथा इजरेलले गाजावासीलाई सोमवारदेखि आफ्नो घर रहेको उत्तरी क्षेत्रमा फर्कन दिने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मुक्त हुने भनिएका बन्धकहरूमा इजरेल र हमासबीच विवादको केन्द्रमा रहेकी इजरेली नागरिक अर्बेल यहुद पनि छिन् । उनको विषयलाई लिएर दुई पक्षबीच मतभिन्नता देखिएपछि इजरेलले गाजावासीलाई उत्तरतर्फ जानबाट रोकिरहेको छ । हमासले शनिवार चार इजरेली सैनिकलाई मुक्त गरेको थियो तर उसले यहुदलाई मुक्त गरेन । इजरेलले हमासमाथि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

उक्त सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बदलामा इजरेली नागरिकलाई पहिले मुक्त गर्नुपर्ने थियो । युद्धविराम सम्झौता लागु भएपछि हमासको कब्जाबाट सात जना इजरेली बन्धक र इजरेली जेलबाट २०० जनाभन्दा बढी प्यालेस्टिनी बन्दीहरू मुक्त भएका छन् । उत्तरी गाजामा पुग्ने प्रयास गरिरहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई दुई दिनदेखि हिँडिरहेको बाटोमा सैन्य अवरोध गरिएपछि उनीहरू अगाडि बढ्न पाइरहेका छैनन् ।

विपिन जोशीको अवस्था के छ ?
करिब १,२०० मानिसहरू मारिने तथा २५१ जनालाई बन्धक बनाइने गरी सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरेलमा भएको आक्रमणपछि गाजामा जारी युद्ध पछिल्लो युद्धविराम सम्झौतापछि रोकिएको छ । गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली आक्रमणमा परेर हालसम्म ४७,२०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको जनाएको छ ।

हमासले गरेको अप्रत्याशित आक्रमणका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल गएका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस क्रममा बन्धक बनाइएकाहरूमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको बताइएको छ । तर उनी हालसम्म मुक्त भएका छैनन् भने उनको पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।

युद्धविराम सुरु भएपछि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने बन्धकमा जोशी पनि पर्ने आशा व्यक्त गरेका थिए । त्यस बेला पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरेली पक्षले आफूलाई दिएको बताएका थिए । –बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया