Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ शुक्रबार सम्पन्न भएको छ । १,१२६ मिटर लम्बाइको यो सुरुङमार्गले नेपालमा पूर्वाधार विकासको नयाँ अध्याय सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमद्वारा ‘ब्रेक थ्रु’ कार्यक्रम उद्घाटन गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म परियोजनाले ४०.१८ प्रतिशत भौतिक र ३९.९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । ७ अर्बभन्दा बढीको लगानीमा निर्माण भइरहेको यो परियोजनाले यातायात सहज बनाउने र पहिरोको जोखिमबाट यात्रुहरूलाई सुरक्षित गर्ने विश्वास गरिएको छ। तीन बाइपास सुरुङको ‘ब्रेक थ्रु’ यसअघि नै सम्पन्न भइसकेको थियो, जसपछि मुख्य सुरुङको निर्माण कार्य तीव्र गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्ग निर्माणलाई विकासको एउटा प्रमुख परियोजनाका रूपमा वर्णन गर्दै, नेपाल अब दुर्गम नरहने धारणा व्यक्त गरे । ‘सिद्धबाबा सुरुङमार्गले यात्रुहरूलाई राहत दिने मात्र होइन, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेछ,’ ओलीले भने । उनले देश विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

‘ब्रेक थ्रु’ सम्पन्न भए पनि सुरुङमार्गमा अझै लाइनिङ र स्लोप मिलाउने काम बाँकी रहेको छ । सुरुङभित्र यातायात सञ्चालनका लागि कम्तीमा एक वर्ष लाग्ने आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्ग हुँदै दैनिक हजारौं सवारी साधन बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, पोखरा लगायतका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्छन् ।

सुरुङमार्गभित्र कुनै समस्या आए यात्रुहरूको सहजताका लागि तीनवटा बाइपास सुरुङ निर्माण भइरहेको छ । सूचना अधिकारी सविता ज्ञवालीका अनुसार पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ मिटर, र तेस्रो १३० मिटर लम्बाइको हुनेछ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा निर्माण ठेक्का लिएको हो । २५ फागुन २०७८ मा भएको सम्झौताअनुसार ८ चैत २०८३ भित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिद्धबाबा सुरुङमार्गको सफल निर्माणले नेपालका पहाडी क्षेत्रहरूलाई थप सुगम बनाउने मात्र नभई, देशको समग्र विकासलाई अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया