Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानको टोकियोस्थित हानेदा विमानस्थलका भन्सार अधिकारीहरूले एक यात्रुको साथबाट कीर्तिमानी १५ किलो कोकिन बरामद गरेका छन् । अधिकारीहरूले बुधबार जानकारी दिएका अनुसार यो जापानको इतिहासमा हालसम्मकै ठूलो परिमाणको कोकिन बरामद हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भन्सार अधिकारीहरूले कोकिन १५ वटा क्यान्डीको बाकसभित्र लुकाइएको अवस्थामा एउटा सुटकेसबाट फेला पारे । यसको बजार मूल्य करिब ३७२ मिलियन येन (२.४ मिलियन डलर) रहेको अनुमान गरिएको छ । यी सामान २५ वर्षीय क्यानाडाली नागरिकसँग भएको सुटकेसबाट बरामद गरिएका हुन् ।

आरोपितले आफू निर्माण क्षेत्रमा कार्यरत रहेको बताएका छन् । उनी डिसेम्बर २१ मा बेलुकी १०ः३० बजे टोरन्टोबाट हानेदा विमानस्थल आइपुगेका थिए । सामान्य भन्सार जाँचको क्रममा कोकिन फेला परेको र उनलाई अर्को दिन बिहानै पक्राउ गरिएको हो ।

हानेदा भन्सार शाखाले जनवरी ८ मा अभियोजनकर्ताहरूलाई आपराधिक उजुरी दायर गरेको थियो । पछि अभियोजनकर्ताहरूले उनलाई औपचारिक रूपमा अभियोग लगाएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया