टोकियो – अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको जापानले जनाएको छ ।
चिनियाँ जनमुक्ति सेना (पिएलए) को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताए । नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो ।
त्यहाँ उनीहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाएको हयाशीले जानकारी दिए । ‘पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान-प्रदान पुनः सुरु गरेको छ,’ उनले नियमित प्रेस ब्रिफिङमा भने, ‘कमान्डर स्तरमा खुला सञ्चारमार्फत आपसी बुझाइ र विश्वासको प्रवद्र्धनले जापान र चीनबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माणमा योगदान पु¥याउनेछ, हामीलाई लाग्छ यो भ्रमणले क्षेत्रको शान्ति र स्थिरतामा योगदान पु-याउँछ ।’
पिएलए पूर्वी थिएटर कमाण्डले पनि यही विचार व्यक्त गरेको छ । ‘यो भ्रमणले दुई पक्षबीच समझदारी र आपसी विश्वास बढाउन तथा चीन र जापानबीच रक्षा आदानप्रदानलाई बढावा दिन मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
जापानी सत्तारूढ सांसदहरू पनि कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूसँग बैठकका लागि यस हप्ता चीनको भ्रमणमा छन् र जापानका कृषिमन्त्री बुधबार चीन जाँदै छन् । जापानका राष्ट्रिय सुरक्षा सल्लाहकार टेको अकिबाले नोभेम्बरमा चीनको भ्रमण गरी वाङसँग वार्ता गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका लागि मार्ग प्रशस्त गर्न टोकियोले अर्को महिना वाङलाई जापानमा निम्तो दिने अपेक्षा गरिएको निक्केई व्यापार दैनिकले गत हप्ता रिपोर्ट गरेको थियो । सन् २०१९ मा ओसाकामा भएको समूह २० को शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँगै आएको बाहेक सीले राष्ट्रपति बनेदेखि भ्रमण गरेको छैन ।