Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोटमा २७ वर्षीया सरु मगरमाथि चक्कु प्रहार भएको छ । घटना पुस २६ मा भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरु मगर दाङ स्थायी घर भई हाल थानकोटमा बस्दै आएकी छन् । चक्कु प्रहारबाट घाइते सरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई पक्राउ गरेको छ । चन्द्रबहादुर रोल्पाको गंगादेवी गाउँपालिकाका बासिन्दा हुन् ।

उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । अनुसन्धान अनुसार चन्द्रबहादुर र सरु पहिलेदेखि नै परिचित थिए । चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्किएका थिए । प्रहरीलाई दिएको बयानमा उनले विदेशबाट सरुलाई रकम पठाउने गरेको बताएका छन् ।

साउदीबाट फर्केपछि सरुसँग सम्पर्क गर्न खोज्दा सरुले आफूलाई चिन्दिनँ भनेपछि चन्द्र बहादुरले आवेशमा चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाका क्रममा सरुको घाँटीको पछाडि र अनुहारमा चोट लागेको छ । थानकोट बजारमा सरुकी बहिनीको तरकारी पसलमा पुगेका चन्द्र बहादुरले त्यही पसलमा चक्कु प्रहार गरेका हुन् ।

घटनापछि घाइते सरुलाई सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा पुर्‍याइएको थियो । अवस्था गम्भीर भएपछि उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो । प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया