Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर बझाङमा शुत्केरी महिलाको मृत्यु भएको छ । थलारा गाउँपालिका-३ देवल निवासी राधिका जोशी (उपाध्याय)को च्यापिएर मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार दिउँसो करिब १ बजे गाउँनजिकैको भगवती आधारभूत विद्यालय क्षेत्रमा घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएकी थिइन् । समयमै उद्धार नहुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उपाध्यायकी ४० दिने नाबालक र अढाई वर्षीय अर्का छोरा टुहुरो भएका छन् । आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । पति कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकका रुपमा कार्यरत छन् ।

माघी पर्वको मुखमै २४ वर्षीया राधिकाको निधनले गाउँ शोकमा डुबेको छ । गाउँमा सुत्केरी भएकै समयमा पनि भारी काम गर्नुपर्ने, घरको काममा सघाउनु पर्ने बाध्यता छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया