Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – केही दिन अघिमात्रै नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले एमाले छोडेको हल्ला फैलियो । भट्टको सचिवालयले त्यसको खण्डन गर्दै त्यस्तो हल्ला गर्नेविरुद्ध कानुनी प्रक्रियामा जाने बतायो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसअघि भट्टकै गृहनगर गोदावरीका ४६ जना पूर्वमाओवादीले एमाले छोडेको विज्ञप्ति सार्वजनिक भएको थियो । केही दिनपछि ४६ मध्येका २८ जनाले आफूहरु एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । अहिले भट्टको एउटा भिडियो भाइरल भएको छ ।

जसमा अध्यक्ष केपी शर्मा ओलीबाटै आफू हेपिएको बताएका छन्‌ । ‘हामी मञ्चमा हुन्छौं, कहिले अध्यक्ष आतंककारी भनिदिनुहुन्छ हामीलाई,’ उनले भिडियोमा भनेका छन्‌, ‘अपराधी, हत्यारा भनिदिनुहुन्छ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन ।’

भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग जुधे जस्तै ओलीसँग जुधेर नसकिने पनि बताएका छन्‌ । ‘मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध् सक्दिनँ,’ उनले भनेका छन्‌, ‘किनभने त्यहाँ लडेर आइया छ । यहाँ केपी भनिएको छ । हाम्रोमा त म भन्ने छ नि त अहंकार नेताहरूमा । या त मैले अन्य पार्टी खोल्नुपर्छ । या त अरू पार्टीमा जानुपर्छ । या त मैले सन्यास लिनुपर्छ । सिधै अहिले नै केपीसँग जुध्ने हो भने त समस्या त आइहाल्छ त ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया