Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कतारले विपिन जोशीको रिहाइको विषयलाई वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज अल खुलाइफीसँग आज गरेको टेलिफोन वार्ताको क्रममा खुलाइफीले कतारले जोशीको रिहाइको विषयलाई आफ्नो वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालसँगको सम्बन्धलाई उच्च मूल्यांकन गरेको बताउँदै खुलाइफीले युद्धविरामका लागि वार्ता चलिरहेको र युद्धविराम हुनेमा पनि विश्वास व्यक्त गरे । आज बिहान टेलिफोन वार्तामा नेपाली आप्रवासी कामदारलाई विशेष ध्यान दिँदै नेपाल–कतार सम्बन्धका विषयमा छलफल भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया