Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा नै रहने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार उनलाई पुनः अदालतमा पेस गर्नेगरी प्रहरी जिम्मा लगाउने आदेश दिएपछि उनी हिरासतमा नै रहने भएका हुन ।

आइतबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सुरु भए पनि थुनछेक बहस नसकेपछि उनलाई हिरासतमा राख्ने निर्णय गरिएको हो। अदालतले धरौटी मागे उनी रिहा हुनेछन् भने बयान नसकिएसम्म उनलाई हिरासतमा नै राखिने जनाइएको छ। लामिछाने सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका थिए। कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी बुझाएर रिहा भए पनि काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रकम अपचलनको आरोपमा उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।

उक्त सहकारीबाट ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको आरोप लागेको छ। पुस २१ गते जिल्ला प्रहरी परिसर, काठमाडौंले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गर्न सिफारिस गरेपछि यस प्रकरणमा उनको बयान लिइँदै छ। शुक्रबार मात्रै काठमाडौं आइपुगेका लामिछाने आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। तर समय अभावका कारण बहस नसकिएकाले उनले कम्तिमा एक दिन हिरासतमा बस्नुपर्ने भएको हो।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया