Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको छ । आज नेप्से ०.२० प्रतिशतले बढ्दा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार भएको छ ।

आज १४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२७ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार १६७ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने बाँकी ५ वटा समूह घटेको छ ।

आइतबार सबैभन्दा बढी हाइड्रोपावर समूह १.६७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०२ प्रतिशतले बढेको छ ।आज सबैभन्दा बढी फाइनान्स समूह १.०४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१४ प्रतिशतले घटेको छ ।

 

तपाईको प्रतिक्रिया