Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान समस्या जटिल र थप अन्यौलपूर्ण बन्दै गएको छ । कतार एयरवेजले मंसिर १५ पछि उडान अनुमति नवीकरण नगरेपछि अन्य विमान कम्पनीहरूले पनि उडान स्थगितको तयारी थालेका छन् । कतार एयरवेजले कात्तिक २७ देखि मंसिर १५ सम्म उडान गरेको थियो । १८ दिनको अवधिमा जम्मा ९३ जना यात्रु मात्र बोक्न सकेपछि थप उडान नगर्ने निर्णय गर्‍यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसका साथै जजिरा एयरवेज, थाई एयर एसिया, र फ्लाई दुबईले पनि मौसम र यात्रु अभावलाई कारण देखाउँदै भैरहवा उडान स्थगित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरिसकेका छन् । गौतमबुद्ध विमानस्थलमा यात्रुहरूको अत्यन्तै कम चाप देखिएको छ । भैरहवाबाट उडानका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भएकाले विमान कम्पनीहरूले उडान सञ्चालनमा कठिनाइ भएको बताएका छन् । कतिपय अवस्थामा मौसमका कारण फ्लाइट डाइभर्ट र होल्ड हुँदा अपरेटिङ खर्च बढेको र यात्रु संख्या कम रहेको उल्लेख गर्दै उडान स्थगितको निर्णय गरेका हुन् ।

नेपालबाट वैदेशिक रोजगारीमा दैनिक तीन हजारको हाराहारीमा विदेशिन्छन् । विदेशिने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । सरकारले तराई क्षेत्रबाट रोजगारीका लागि भैरहवाबाटै उड्ने व्यवस्था गर्न साउन २८ गते गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको कार्यविधि स्वीकृत गरेको थियो । साउन २८ गतको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको कार्यविधि नै पूर्णरूपमा कार्यान्वयन नगर्दा उडान गरिरहेका विमान कम्पनीहरूसमेत फिर्ता हुन थालेका हुन् ।

विमानस्थलले एक महिनाको अवधिमा जम्मा ४ हजार ७ सय ७१ यात्रु सेवा गरेको तथ्यांक सार्वजनिक गरेको छ । तीमध्ये २ हजार २ सय ३८ यात्रु विदेश गए भने २ हजार ५ सय ३३ यात्रु नेपाल आएका थिए । पाँचवटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान सञ्चालन गर्दा पनि यात्रा गर्नेहरूको संख्या अत्यन्तै न्यून देखिएको छ । यात्रु अभावको प्रमुख कारण भने विमानस्थलमा आवश्यक आधारभूत संरचना र सुविधा अभाव नै रहेको देखिन्छ ।

सरकारले तराई क्षेत्रका यात्रुहरूलाई भैरहवा विमानस्थल प्रयोग गर्न प्रोत्साहित गर्न विभिन्न योजना ल्याए पनि ती पूर्ण रूपमा कार्यान्वयनमा आएका छैनन् । भिसा सेन्टर, म्यानपावर सेवा, मेडिकल परीक्षण सुविधा जस्ता सेवाहरूलाई भैरहवाबाट उपलब्ध नगराउँदा अधिकांश यात्रुहरू काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनैपर्ने बाध्यता छ । यसले काठमाडौंमा यात्रुको चाप बढाएको छ भने भैरहवामा यात्रुको अभाव देखिएको छ ।

यद्यपि भैरहवा विमानस्थलमा आरएनपी एआर प्रणाली जडान गर्ने तयारी भइरहेको छ, जसले न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा पनि उडान सम्भव बनाउनेछ । यो प्रणाली जनवरी २३ बाट लागू गर्ने योजना रहेको छ । यो लागू भएपछि विमानस्थलमा हाल देखिएका भिजिबिलिटीसम्बन्धी समस्या हल हुने विश्वास गरिएको छ । आरएनपी एआर प्रणाली लागू नहुँदासम्मका लागि क्यानले विमान कम्पनीहरूलाई फ्लाइट स्थगित नगर्न, बरु समयतालिका परिमार्जन गरी उडान जारी राख्न आग्रह गरेको छ ।

यात्रुहरूको चाप अभावको समस्या समाधानका लागि सरकारले विभिन्न सहुलियत योजना ल्याए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन गर्न हवाई टिकटमा भ्याट छुट, इन्धनमा सहुलियत, तीन हजार रुपैयाँको यात्रु सेवा शुल्क छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट जस्ता योजनाहरू मन्त्रिपरिषद्बाट स्वीकृत गरिए पनि ती लागू भएका छैनन् । यस्तै, श्रम स्वीकृति, भिसा सेन्टर, र मेडिकल परीक्षणको अभावका कारण श्रम गन्तव्यका यात्रुहरू भैरहवाबाट उडान गर्न नसकी काठमाडौं नै पुग्ने गरेका छन् ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुटलगायतका कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत छ । यसमा भ्याट छुट, स्वास्थ्य परीक्षण, श्रम स्वीकृतिलगायतका विषय कार्यान्वयन भएका छैनन् । श्रमका लागि यात्रुहरू काठमाडौं आउनुपर्ने बाध्यता छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफ्नो कार्यकालमा सुधारका लागि २८ बुँदे कार्ययोजना ल्याएका थिए । तीमध्ये केही तत्काल लागू हुने र केही चार वर्षभित्र कार्यान्वयन गरिने भनिएको थियो । तर, अन्य मन्त्रालय र सम्बन्धित निकायहरूको उदासीनताका कारण ती योजना प्रभावकारी रूपमा लागु हुन सकेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको ट्राफिक व्यवस्थापनका लागि भैरहवा र पोखरा विमानस्थलको उपयोग गर्ने योजना बने पनि त्यसले अपेक्षित नतिजा दिन सकेको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका दुई वर्ष नपुग्दै विमान कम्पनीहरूले उडान स्थगित गर्न थालेका छन् । यात्रु संख्या बढाउनका लागि सरकारले यात्री सुविधासँग सम्बन्धित सेवाहरू तुरुन्त लागू गर्नुपर्ने देखिन्छ । यात्रीहरूको चाप व्यवस्थापन गर्न काठमाडौंमा केन्द्रित सेवाहरूलाई विकेन्द्रित गर्दै भैरहवा र पोखरा विमानस्थललाई व्यावसायिक रूपमा प्रोत्साहन गर्न जरुरी छ । अन्यथा, यस विमानस्थलले अपेक्षित सफलता प्राप्त गर्न कठिन हुनेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया