Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – काठमाडौँ जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएपछि नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो । प्रसाईँमाथि मुद्दासमेत दर्ता भएको थियो । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ को अन्तर्गत सजाय हुन मागदावी गरेका थिए । तर, अदालतले प्रसाईँलाई रिहा गर्न आदेश दियो । यद्यपि प्रसाईँ तत्काल रिहा नहुने बताइएको छ । प्रसाईँमाथि सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत काठमाडौँले धरौटीमा छाडे पनि उनी रिहा हुने छैनन् । प्रसाईँ यही मंसिर ४ गते उनी घरबाटै पक्राउ परेका थिए । बयानमा भने दुर्गा प्रसाईँले कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बताएका थिए । उनले उक्त कागजात कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई पठाएको बयान दिएका थिए । उनले कम्बोडियामा बस्ने एक नेपालीले प्रधानमन्त्री ओलीले लगानी गरेको विषयमा फोनमा बताएको र सोही आधारमा आफूले बोलेको बयान दिएका हुन् ।

तपाईको प्रतिक्रिया