Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को बिहीबार दिउँसो ३ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएको जानकारी दिए।

“अध्यक्षको व्यस्तताले गर्दा आजको बैठक हुन सकेन,” ढकालले बताए। उनका अनुसार स्थगित बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ। प्रचण्ड हाल एक कार्यक्रमका लागि चितवन गएका छन्।

स्थायी कमिटी बैठकमा उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा नयाँ जिम्मेवारी दिने विषयमा पनि विचार गरिने नेताहरूले जनाएका छन्।

पुनले हालै पार्टीको पदाधिकारी बैठकमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा उपस्थिति जनाइसकेका छन् र अब पार्टीभित्र थप सक्रिय भूमिका खेल्न इच्छुक रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया