Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाँच कारोबार दिन निरन्तर घटेपछि बुधबार शेयर बजारमा हरियाली देखिएको छ। मङ्सिर १९ यता पाँच कारोबार दिनमा १०६ अंकले घटेको नेप्से ४५.८८ अंकले बढेर आज बुधबार बल्ल २७१५.७१ विन्दुमा पुगेको छ। आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक शेयर किनबेच भएको छ । आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक १.६३ प्रतिशतले, फाइनान्स १.६३ प्रतिशतले, होटेल तथा पर्यटन १.०५ प्रतिशतले, हाइड्रोपावर १.९६ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, जिवन बिमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशतले, लघुवित्त ०.४२ प्रतिशतले, निर्जीवन बिमा १.०३ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह १.५६ प्रतिशतले बढेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया