Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए । नेपाल आँखा अस्पतालको साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त जानकारी गराएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको मन्त्री चौधरीको भनाइ थियो । उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न नसकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको बताए ।

‘नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरूको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ,’ मन्त्री चौधरीले भने, ‘हाम्रो धेरै खेलाडी अहिले विदेश पलायन भइसकेको छ । हालै काभा भलिबल प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्ट्रेलिया पुगिसकेको छ ।’

मन्त्री चौधरीले पुरुष भलिबलबाट सन्यास लिएका तत्कालीन कप्तान मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्ट्रलिया पुगिसकेको बताए । नेपालमा खेलकुद उत्सवजस्तै भइरहेपनि खेलाडीहरूलाई सरकारले सुविधा दिन नसकेको उनको भनाइ थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया