काठमाडौं – नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । चितवन राइनोजसँगको खेलमा लुम्बिनीले फराकिलो अन्तरले जित हासिल गरेको हो ।
कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र बलिङमा लुम्बिनीले ३३ रनले हराउँदै चितवनलाई हराएको हो । खेलमा रोहितले ४ विकेट लिए । चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट बनाएर १३४ रन बनाउन सक्यो । लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य दिएको थियो ।
अर्को पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ । टस हारेर १०३ रनको लक्ष्यसहित जावाफी ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।
कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् । ३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।