काठमाडौं – असामान्य अभिव्यक्ति दिएकाले टिकटकमा ट्रोल हुन थालेपछि टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ । सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो ।
पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर थिए ।
अहिले उनीहरूको युजरनेम हेर्दा उक्त पेज उपलब्ध नभएको सङ्केत देखिन्छ । एलिजे इन्टाग्राममा एक भ्वाइस मेसेज पठाएर केही समयका लागि टिकटक डिएक्टीभेट गरेको जानकारी गराएकी छिन् । उनले आफूहरूको ट्रोल बनिरहेको भन्दै यस्तो कदम चालेको र छिट्टै टिकटकमा फर्किने बताएकी छिन् । साथै उनले आफू नझुक्ने पनि बताएकी छिन् ।
उनीहरूले आफूहरूको टिकटक फ्लोअर नघटोस् भनेर यस्तो जुक्ति अपनाएको हुनसक्ने अड्कल गरिएको छ । गत साता आयुषले काठमाडाैंमा नयाँ घर किनेका थिए । त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष र एलिजे टिकटकमा ट्रोलकाे सिकार बनिरहेका छन् ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.