Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – बागलुङमा जन्मिएकी शिलशिला आचार्यले सन् २०२४ को लागि बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । बीबीसीले मंगलबार उनीसहित विश्वका विभिन्न देशबाट एक सय प्रभावशाली महिलाको सूची निकालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सूचीमा आचार्य पर्यावरणीय उद्यमीतर्फ समेटिएकी हुन् । नर्वेको बर्गन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी शिलशिलाले सन् २०१४ मा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्दै उनले ‘म बोक्छु आफ्नै झोला’ नारासहित प्लास्टिक प्रयोग रोक्न अभियान नै सञ्चालन गरेकी थिइन् ।

उनले २०२१ मा डेढ करोड लगानीमा काठमाडौंको टोखामा अभ्नी भेन्चर्स सञ्चालनमा ल्याएकी छिन् । प्लास्टिकजन्य नकुहिने फोहोरलाई रिसाइकल गरी पुनः प्रयोगमा ल्याउने तथा फोहोर व्यवस्थापन गर्ने कम्पनी अभ्नी भेन्चर्स सञ्चालनमा ल्याएकी हुन् । देशभरका २६ फोहोर संकलन केन्द्रमार्फत जम्मा भएको फोहोरलाई व्यवस्थापन गर्दै पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन उनी सक्रिय छन् । उनी अभ्नी कम्पनीकी संस्थापक तथा निर्देशक हुन् ।

‘फो होर व्यवस्थापनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता धेरै हुन्छ । उहाँहरुलाई व्यवस्थित रुपमा जागिर दिँदा आर्थिक स्थितिमा पनि सुधार आउँछ’, उनले भनिन्, ‘फोहोर व्यवस्थापनले वातावरणलाई मात्रै सुधार गर्दैन, आर्थिक स्थिति पनि बलियो बनाउन सकिन्छ ।’ सन् २०१९ मा नेपाल आर्मी, शेर्पा अभियन्तासहितको टिमले धौलागिरि हिमालबाट झण्डै ११९ टन प्लास्टिकजन्य फोहोर संकलन गरेको थियो । जुन फोहोरको व्यवस्थापन पनि आचार्यको अभ्नी भेन्चर्सले गरेको थियो ।

तपाईको प्रतिक्रिया