Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024

काठमाडौं – पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बधुबार पर्सा जिल्ला अदालतले अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए । लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।

लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनलाई हिरासतबाटै प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया