Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा आजदेखि तीन दिनसम्म माछा, मासु र मदिरा बिक्री तथा वितरणमा प्रतिबन्ध लगाइएको छ। धनुषा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर २२ गते राति १२ बजेसम्म नगरक्षेत्रभित्र यी वस्तुको बिक्री, वितरण, र सेवन पूर्णतः रोक लगाएको हो। जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्र र परिक्रमा सडकको दायाँबायाँ समेत यो प्रतिबन्ध लागू हुनेछ।

प्रशासनका अनुसार मदिरा, माछा, मासु, पशुपक्षी काटमार, र अन्य नशालु पदार्थ निषेध गरिएको छ। स्थानीयवासीलाई पनि यस्ता क्रियाकलाप नगर्न र नगराउन अनुरोध गरिएको छ।

यो निर्णय धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकबाट गरिएको हो। विवाहपञ्चमी महोत्सव जनकपुर नगरदर्शनबाट सुरु भई रामकलेवा कार्यक्रमसँगै मंसिर २२ गते सम्पन्न हुनेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया