Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चीनले नेपाललाई विभिन्न परियोजनाहरू सञ्चालनका लागि ५ अर्ब ६० करोड रुपैयाँको अनुदान प्रदान गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। यो सहायताबाट नेपाल र चीनले पहिचान गरेका परियोजनाहरू कार्यान्वयन हुनेछन्। अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले यस सहकार्यले चिनियाँ सहयोगमा निर्माण हुने परियोजनाहरूलाई अगाडि बढाउने बताएको छ।

यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएको थियो, जसअन्तर्गत उच्च पहाडी र हिमाली क्षेत्रमा परियोजनाहरू निर्माण गरिएका थिए। अहिलेको सम्झौता त्यसैको निरन्तरता हो। त्यसैगरी, चीनले नेपाललाई नगद सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। यद्यपि, कति रकम प्रदान गरिने भन्ने स्पष्ट गरिएको छैन।

चीनसँग सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनाहरूका लागि सहयोग लिने सम्बन्धमा सम्झौतापत्र (एमओयू) समेत भएको छ। यो सहयोग पूर्णतः अनुदानको रूपमा रहने जनाइएको छ। साथै, चीनले लामो समयदेखि प्रतिबद्ध रहेको टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि समेत सहयोग गर्ने सहमति भएको छ। यससम्बन्धी समझदारीपत्रमा पनि दुवै देशले हस्ताक्षर गरेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया