Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर पाँचहजारसम्म घटाएको छ । निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ ।

दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको भाडादरमा पाँच हजार छुट दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण वायुसेवा निगमको हवाई उडानहरू कटौती भएको र भाडादर उच्च भएको भन्दै भाडा घटाएको निगमले जनाएको छ ।

निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी भए जानकारी गराउन पनि अनुरोध गरेको छ । दिइएको छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगमले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया