Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

नेपाल र नेपाली पहिचानलाई जापानमा उजागर गर्ने महोत्सवका रुपमा विगत डेढ दशकदेखि हुँदै आएको नेपाल फेस्टिवल यो वर्ष यहि नोवेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानोमा हुँदै छ । नेपाली कला, सँस्कृति, वेषभूषा, गीत-संगीत र नेपाली परिकार मार्फत नेपालको चिनारी जापानीमाझ प्रबर्द्धन गर्ने विशेष अवसरकारुपमा यस पर्वलाई समयसापेक्ष परिष्कृत गर्दै लैजानुपर्ने दायित्व एकातिर छ भने अर्कोतिर फेस्टिवलमा जापानीहरुको सहभागिता बढाउन उनीहरु लक्षित कार्यक्रम निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
यसप्रकारका फेस्टिवलहरुको आयोजनाबाट नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नुका साथै जापानमा रहेका नेपालीहरुबीचको एकतालाई थप सुदृढ बनाई पारस्परिक सहयोग र सद्भावको बिकासमा महत्वपूर्ण योगदान पुग्ने गरेको पाईन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एनआरएनए जापान, नेपाल आदिबासी जनजाति महासंघ जापान, नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा हुन गईरहेको यस वर्षको नेपाल फेष्टिवल १४ औं शृङ्खलाकारुपमा हुन गईरहेको हो । विविधतमा एकता झल्कने नेपालको साँस्कृतिक विशेषतालाई विदेशीहरुमाझ प्रदर्शन गर्ने यो एउटा उपयुक्त अवसर हो भने विदेशमा हुर्कदो नेपाली बालबालिकालाई मुलुकसंग जोड्ने र उनीहरुलाई नेपालका बारेमा थप परिचित गराउने सबैभन्दा सशक्त पर्व पनि हो । त्यसैले पनि नेपाल फेष्टिबललाई जापानमा नेपालीहरुको एउटा गौरव गर्न लायकको साझा महामेलाकारुपमा स्तरोन्नति गर्दै लैजान अति जरुरी छ । यसका लागि जापानमा रहेका नेपाली संघसंस्थाहरु एवं नेपाली समुदायबीच अविछिन्न सहकार्य अपरिहार्य छ ।
बहुसाँस्कृतिक केन्द्रकोरुपमा नेपाल हाउस निर्माणका लागि सहयोग जुटाउने आसन्न नेपाल फेस्टिवलको मुलभुत उद्देश्य रहेको बताईएको छ । जापानमा नेपाल हाउस निर्माण गर्ने जस्तो महत्वाकाँक्षी उद्देश्य सहित आयोजना गरिएको नेपाल फेस्टिवल नेपालको प्रतिष्ठासंग जोडिएको विषय हो । यसले नेपाल र जापान दुईदेशबीच रहीआएको असल सम्बन्धलाई थप मजबुत बनाउन समेत सहयोग पुग्ने भएकोले फेस्टिवललाई जतिसक्दो मर्यादित, अनुशासित र फलदायी बनाउन अधिकतम प्रयास हुनुपर्दछ । विदेशमा बस्दै गर्दा हाम्रा कतिपय ब्यवहार र आचरण राष्ट्रको नामसंग जोडिने भएकोले हरेक नेपालीले सभ्य र अनुशासित भई जिम्मेवार नागरिकको परिचय दिलाउन सक्नुपर्दछ ।

गृष्कालिन समयमा आयोजना हुंदै आएका हालसम्मका नेपाल फेस्टिवल अत्यधिक गर्मीका कारण समस्या हुने गरेकोले उपयुक्त सिजनमा हुनुपर्ने सर्बसाधारणको सुझावलाई मनन् गर्दै यो वर्ष भने यतिखेर नेपाल फेस्टिवल हुन लागेको हो । जापानमा नेपालीहरुको संख्यामा आएको तिब्र बृद्धि र नेपालीहरुको बाहुल्य रहेको केही सहरमा नेपाल फेस्टिवल सम्पन्न भईसकेका छन् । जसअनुसार यस वर्षको गत अप्रिलमा इताबासी मोना फेस्टिवल भएलगत्तै फुकुओका, नागोया, ओकिनावा र चिवाको माचुदोमा नेपाल फेस्टिवलहरु सम्पन्न भईसकेका छन् । यसअघि सम्पन्न भएका करिव आधा दर्जन जति नेपाल फेस्टिवलमा देखिएको नेपालीहरुको उर्लदों जनसागर हेर्दा फेस्टिवलप्रति नेपालीहरुको आकर्षण बढ्दो देखिन्छ । तथापि सोहीअनुपातमा जापानीहरुको पनि सहभागिता बढाउन नेपालीहरुको ध्यान केन्द्रीत हुनुपर्दछ ।

जापानमा एउटा इतिहास बनिसकेको नेपाल फेस्टिवलको विरासतलाई थप गौरवशाली बनाउन हामी सबै नेपालीले साथ, सहयोग र समर्थन गर्दै नेपाली हुनुको दायित्व पूरा गरौं । हरेक नेपाली विदेशमा अवैतनिक राजदूत हुन् । देशको प्रतिष्ठालाई थप उचो बनाउन हरेक नेपालीको भूमिका महत्वपूर्ण हुन्छ । यसप्रकारका मेला महोत्सवहरुमा हामीले आफ्नो असल सँस्कार र सँस्कृति प्रदर्शन गर्न सक्नुपर्दछ ।
नेपाल र नेपालीप्रति जानकार तथा नेपाललाई मन पराउने जापानीहरुको संख्या निकै ठूलो हुँदै गईरहेको छ । उनीहरुको सहयोग लिएर नेपालको हितमा उपयोग गर्न सकिने संभावित क्षेत्रहरु पनि प्रशस्तै छन् । तर उनीहरुबाट अपेक्षित सहयोग लिन सकिरहेका छैनौ । नेपाल फेस्टिवल जस्ता विशेष अवसरहरुमा उनीहरुको अनुभव र नेपालप्रतिको बुझाईलाई आम जापानीमाझ प्रवाह गर्न सके यसले निकै ठूलो अर्थ राख्नेमा दुईमत छैन ।

नेपाली वेषभूषा, नेपाली कला, सँस्कृति, नेपाली भाषा साहित्य, नेपाली झाँकी, नेपाली गीत-संगीत, नेपाली परिकारमार्फत सिंगो नेपाल र नेपालीको पहिचानलाई थप उचो बनाउनमा केन्द्रीत हुनेगरी हामी सबैको ध्यान जानुपर्दछ । साँचो अर्थमा भन्नुपर्दा फेस्टिवलमार्फत हामीले जापानीहरुमाझ नेपालको बारेमा सकारात्मक सन्देश सञ्चार गर्न सक्नुपर्दछ ।***

तपाईको प्रतिक्रिया