Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरूले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म युट्युबमा उपलब्ध भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । आफ्नो यो फिल्म युट्युबमा आएको जानकारी दिँदै गायक तथा अभिनेता सत्यराज आचार्यले बुधवार राति फेसबुकमा लेखेका छन्, ‘हाम्रो चलचित्र ‘आचार्य’ आजबाट तपाईँहरूको चलचित्र भएको छ है १ । अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ ।’

१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो । सिनेमा हलमा प्रदर्शन भएको साढे चार महिनापछि यसलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ । ‘यो फिल्म हाम्रो बुवा दिवंगत भक्तराज आचार्यलाई एउटा श्रद्धाञ्जली पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौं । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनु हुनेछ’, गायक सत्यराजले गत असारमै भनेका थिए ।

यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् । गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया