Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौं – ‘रजतपट अंकल’ का रूपमा परिचित वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ । अपरिचितले फोन गरेर धम्की दिएपछि उनले प्रहरी गुहारेका छन् ।

सुवेदीका अनुसार भाइटिकाको अघिल्लो दिन बिहान ५ बजे उनलाई पहिलो पटक फोन आएको थियो । प्राइभेट नम्बरबाट फोनको घण्टी बजेपछि उनले आधि निद्रामै उठाए । ‘हेलो’ भन्नासाथ उताबाट हिन्दीमा बोल्न थालियो । ठाडै ‘तुम्हारे नाम पे दो करोडका सुपारी मिला है’ भनेपछि सुवेदी झस्किएका थिए ।

सुवेदीले भने, ‘प्राइभेट नम्बरबाट ४/५ दिनदेखि धम्की आइरहेको छ । तेरो परिवार को-को कहाँ छ मलाई सबै थाहा छ ।’

हुन त सुवेदी बेलाबेलामा विवादमा तानिइरहने पात्र हुन् । कहिले कलाकारसँग अन्तर्वार्ता लिएर त कहिले नेपाली फिल्म क्षेत्रको चर्चा गरेर ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया