Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदै अल आउट भएपछि नेपाल १६५ रनले विजयी भएको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । पूजाले ५७ बलमा शतक बनाएकी पूजाले अविजित १२८ रन बनाएकी थिइन् । सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन् । पूजा र सोनीबीच १५७ रनको कीर्तिमानी साझेदारी समेत बनेको थियो । यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्वाधिक ठुलो टोटल हो ।

यो जितपछि प्रतियोगितामा नेपालले ५ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । कुवेतले अहिलेसम्मका पाँचै खेलमा हार बेहोरेको छ । अब नेपालले यस प्रतियोगितामा बिहीबार युएईसँग खेल्ने तालिका रहेको छ । नेपालका लागि विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया