Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024
  • ओदावारा पिरो स्पोर्ट्स क्लबले खुल्ला नेपाली पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।  

टोकियो – ओदावारा पिरो स्पोर्ट्स क्लब (ODAWARA PIRO SPORTS CLJB) द्वारा ओदावारा क्षेत्रमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने राष्ट्रिय मान्यतालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशी भूमिमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगिता आगामी डिसेम्बर १६ तारिखका दिन ODAWARA ARENA SPORTS COMPLEX  सेन्टर(Japan, 〒250-0866 Kanagawa, Odawara, Nakazone, 263 小田原市総合文化体育館小田原アリーナ)मा गर्न लागेको खेल संयोजक मनोज केसीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन, खेलाडी र खेलको विकासमा टेवा पुराउने उद्देश्य लिएर  प्रतियोगिता सञ्चालन गर्न लागेको केसीको भनाई छ ।

संयोजक केसीले क्लबको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन कायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरी युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेको बताए । उनकाअनुसार प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न क्लबको स्थापना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ५५हजार ५५५ येन नगद, कप, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख ५५हजार ५५५ येन नगद, कप, मेडल र प्रमाण-पत्र तथा खानाको समेत व्यवस्थापन रहेको आर्थिक संयोजक नीराजन मल्लले बताए । यसका साथै प्रतियोगितामा वेस्ट प्लेयर, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट सेटेर र वेस्ट डिफेण्डेरलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताइएको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा सञ्चालन गरिने बताइएको छ । खेल  बिहान ९ बजे देखि खेल सञ्चालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४५ हजार येन तोकिएको छ । नेपालदेखि आमन्त्रित खेलाडीको रूपमा बढीमा दुई जनासम्मको सहभागिता हुन पाउनेछन् । खेल प्रतियोगिताको टाईसीट डिसेम्बर  १५ तारिख ५ बजे सार्वजनिक गरिने व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएका प्रमोद लोहनीले बताए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया