Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्पेनमा बुधबार आएको विनाशकारी बाढीका कारण अहिले सम्म कम्तीमा १५८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। स्पेनी अधिकारीहरूले यो विपत्तिपछि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।

अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा रहेका मानिसहरूलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। भूमध्यसागरमा मङ्गलबारदेखि आएको आँधीले भारी वर्षा गराएको थियो। जसका कारण माटोले भरिएको बाढीले घरहरू भत्काएको र मानिसहरूलाई बगाएको छ। पूर्वी स्पेनको भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ उद्धारकर्ताहरूले १५५ जनाको शव फेला पारेका छन्।

क्यास्टिला-ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले पनि बाढीका कारण तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। अझै धेरै मानिस बेपत्ता रहेका र उद्धारकर्ताहरूले केही क्षेत्रमा पुग्न नसकेको अवस्थामा अधिकारीहरूले मृतकहरूको संख्या अझै बढ्नसक्ने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया