Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग-२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु क्रिकेट मैदानमा थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुँदै १५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाएका थिए । त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका थिए ।

खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए । लिग-२ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ ।

योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया