Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – साफ महिला च्याम्पियन-२०२४ फाइनलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बेच्ने भएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत फाइनलका निम्ति आफैँले टिकट बेच्ने जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि, एन्फाले साफ च्याम्पियनसिपको टिकेटिङ पार्टनरको रूपमा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको थियो । एन्फाले प्रतियोगिताका निम्ति एभरेस्टसँग ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो । तर, प्रतियोगिताको सेमिफाइनलमा सम्झौताविपरीत टिकट बेचेको र त्यसले रंगशालामा गम्भीर सुरक्षा चुनौती बढाएको भन्दै एन्फाले सम्झौता रद्द गरेको जनाएको हो ।

दशरथ रंगशालाको क्षमता १५ हजार प्यारापिट हो । एन्फाले एभरेस्टलाई एक खेलमा बढीमा ११ हजार टिकट बेच्न भनेको थियो । तर, कम्पनीले १८ हजार टिकट बेचेको एन्फाले जनाएको छ । ‘कम्पनीले सम्झौताविपरीत क्षमताभन्दा धेरै टिकट बेचेको, सुरक्षा व्यवस्थापन चुस्त बनाउन नसकेको र खेलमा गम्भीर सुरक्षा चुनौती देखिएको हुँदा हामीले सम्झौता रद्द गरेको हौँ,’ एन्फाका प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमा भने, ‘हामीले स्पष्टीकरण पनि सोधेका थियौँ । आज १० बजेसम्मको समय थियो । तर, उताबाट कुनै प्रतिक्रिया नआएपछि यो निर्णयमा पुग्यौँ । फाइनलको टिकट एन्फाले नै बेच्ने छ ।’

एन्फाले अब फाइनलका निम्ति ११ हजार टिकटमात्रै बेच्ने जनाएको छ । जसमा साधारणतर्फ १० हजार र भीआईपीतर्फ एक हजार टिकट बेचिने छ । एन्फाले फिफाको नियमअनुसार क्षमताको २० प्रतिशतको टिकट नबेच्ने भएको हो । एन्फाले फाइनलका लागि बुधबार बिहान ८ बजे जावलाखेल, एन्फा मुख्यालय सातदोबाटो र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको आर्मी मुख्यालयतर्फको गेटबाट टिकट लिन सकिने जनाएको छ । प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया