Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – विश्वकप क्रिकेट लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । आइतबार अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदै पूरा गरेका हो ।

‘प्लेयर अफ द म्याच’ बनेका शायन जहाँगीरले अमेरिकाका लागि सर्वाधिक १०४ रन बनाए । ९७ बल सामना गरेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोनाकं पटेलले ६२ रन बनाए । त्यस्तै हर्मीत सिंहले ५७ रन बनाउँदा स्याड्ल भान श्यालवाएकले अविजित २९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिँदा १ विकेट ललित राजवंशीको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । ७५ बल सामना गरेका उनले ८ चौका र ३ छक्का हाने । त्यस्तै दुई ओपनरले पनि अर्धशतकीय पारी खेले । अनिल साहले ५६ रन बनाउँदा आसिफ शेखले ५२ रन बनाए । त्यस्तै आरिफ शेखले ३७ रन बनाए । अमेरिकाका लागि नोस्तुस केन्जिगेले ४ विकेट लिए । त्यस्तै सौरभ नेत्रवलकरले २ विकेट लिँदा जसदीप सिंह, हर्मीत सिंह र श्यालवाएकले १-१ विकेट लिए ।

८ राष्ट्र सहभागी प्रतियोगिताको अंकतालिकामा सातौं स्थानमा छ । नेपालले लिग २ का दुई शृंखलामा खेलेका ८ खेलमा केवल एक जितमात्र निकालेको छ । ६ खेलमा पराजित नेपालको गत महिना ओमानसँग क्यानडामा खेलिएको खेल वर्षाले रद्द भएको थियो । क्यानडामा नेपालले क्यानडा र ओमानसँग २–२ खेलमा बटुलेको त्यही १ अंक थियो । त्यसअघि नेपालले फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २–२ खेलमा एकमात्र विजय हात पारेको थियो ।

आइतबारको खेलबाहेक नेपाल र अमेरिकाबीच भएको पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रियमा दुवै टोलीले २–२ खेल जितेका थिए भने एक खेल ‘टाइ’ भएको थियो । सन् २०२२ मा लिग २ का लागि अमेरिका जाँदा नेपालले अमेरिका र ओमानविरुद्धका ४ खेलमा २ खेलमा पराजित हुँदै १ खेल जितेको थियो भने १ खेल ‘टाइ’ भएको थियो । तर, नेपालले अघिल्लो साता अमेरिकाविरुद्ध डालासमै भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।

तपाईको प्रतिक्रिया