Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

टोकियो – टोकियो प्रहरीले चोरी गरिएको क्रेडिट कार्ड विवरण प्रयोग गरी शिन्कानसेन बुलेट ट्रेनका टिकट खरिद र पुनःविक्रि गरेको आशंकामा दुई व्यक्तिलाई पक्राउ गरेको छ । यो घटनालाई सम्भावित ठगी अपरेशनको भागको रूपमा हेरिएको छ ।

जनवरीदेखि जेआर सेन्ट्रल वेबसाइट मार्फत गलत तरिकाले खरिद गरिएका टिकटहरूको कुल रकम ८७० मिलियन येन पुगेको छ, र प्रहरीले यी दुई व्यक्तिलाई ती कारोबारहरूमा संलग्न रहेको ठानेका छन् । साइटामा प्रिफेक्चरको कावागुची निवासी, ३३ वर्षीय लिउ हु (चीन) र २८ वर्षीया भु थी चिन्ह (भियतनाम) लाई विद्युतिय रेकर्डको अनधिकृत सिर्जना र चोरीको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूले अन्यको मिलेमतोमा टिकट पुनःविक्रि गर्ने व्यवसायलाई स्टेशन मेशिनहरूबाट अवैध रूपमा खरिद गरिएका टिकटहरू बेचेको आशंका गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया