Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पशुपति क्षेत्र विकास कोष र पर्यटन मन्त्रालयबीच पशुपति धर्मशालाको विषयलाई लिएर विवाद चुलिएको छ। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र कोषका पदाधिकारीहरूलाई बिना समन्वय काम गरेको भन्दै असन्तुष्टि जनाउदै उनीहरूको राजीनामा मागेका छन्। कोषका एक पदाधिकारीका अनुसार मन्त्री पाण्डेले कोषका सदस्य सचिव डा. मिलन थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुवास जोशीसहित नौ सदस्यको राजीनामा मागेका छन्।

गौशाला धर्मशालाको जग्गा खाली गराउन कोषले काठमाडौं महानगरसँग सहयोग मागेको छ। गौशालाबाट मारवाडीलाई हटाउन महानगर प्रहरी असोज २३ र असोज ३० गते धर्मशाला पुगेका थिए। प्रहरीले हस्तक्षेप गरेपछि महानगर प्रहरी पछि हटेको छ। प्रहरीको हस्तक्षेपले महानगरले गौशाला खाली गर्न पाएको छैन। मारवाडी सेवा समितिले धर्मशालाको जग्गामा मोहियानी हक दाबी गरिरहेको छ भने विकास कोषले उक्त दाबी अस्वीकार गरेको छ। अदालतले पनि विकास कोषकै पक्षमा फैसला गरेको थियो।

पर्यटन मन्त्रालयले हाल धर्मशालाको काम स्थगित गर्न निर्देशन दिएको छ। यसअघि परिषद्कै बैठकमा धर्मशाला खाली गर्न महानगरसँग समन्वय गर्ने निर्णय गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया