Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘हनी ट्रयाप’को गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाही फरार भएकी छन् । घटना सार्वजनिक भएपछि गठित छानबिन समितिले शाहीको पनि संलग्नता रहेको निष्कर्षसहित पक्राउ गरेर कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ।

उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको छ। हमाललाई पक्राउ गरेर गत शुक्रबार नै हिरासतमा राखिएको हो। ललितपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पनि पक्राउ गरिसकेको छ। इन्सपेक्टर शाहीलाई पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी गरिएको छ।

स्रोतका अनुसार शाही हाल फरार छिन्। अर्का आरोपी दर्शन पोखरेल पनि फरार छन्। छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि उनीसँग सम्पर्क गरेको थियो। तर उनले समितिसमक्ष उपस्थित हुन पनि इन्कार गरेकी थिइन्। हनी ट्र्यापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ। पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो।

तपाईको प्रतिक्रिया