Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन २६, २०८१
Saturday, October 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको महत्वपूर्ण दिन आज बिजया दशमी हो। नौदिनसम्म नवदुर्गा भवानीको पुजा गरेपछि आज देवी बिसर्जन गरी देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर बिजया दशमी भव्यतापूर्वक मनाइदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११:३६ बजे शुभ साइत रहेको घोषणा गरेको छ। तर केही ज्योतिषहरुले नवमी तिथीको प्रभाव विहान अबेरसम्म रहेकोले टीका ढिलो लगाउन सुझाव दिएका छन्।

हरेक वर्षको शरद ऋतुको आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी देशैभरि मनाइने ऐतिहासिक सामाजिक महत्व बोकेको राष्ट्रिय पर्व हो। नेपाली समाजमा विजयादशमीले पारिवारिक एकता, समाजिक मेलमिलाप र आपसी सम्बन्ध सुदृढ बनाउने कार्यमा विशेष भूमिका खेलेको छ। मान्यजनबाट टीका र प्रसाद ग्रहण गरेपछि पाँच दिनसम्म अर्थात पूर्णिमासम्म टीका लगाइने परम्परा चलिआएको छ।

 

 

तपाईको प्रतिक्रिया