Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

काठमाडौं – नेकपा (एमाले) ले काठमाडौं, कीर्तिपुर-२ स्थित मैत्री नगरमा केन्द्रीय कार्यालय शिलान्यास गरेको छ। कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।

एमाले केन्द्रीय सचिवालयको बैठकले नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको थियो। २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो। त्यसपश्चात ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको हो। हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा एमालेले नयाँ कार्यालय भवन बनाउन लागेको हो।

भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए।

सञ्चारकर्मीको जिज्ञासामा गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए। एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन एमालेलाई हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए। ***

तपाईको प्रतिक्रिया