Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको निधनपछि उनका जीवनसँग सम्बन्धित विभिन्न प्रेरणादायक किस्साहरू मिडियामा चर्चामा छन्। पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जिडीपी) बराबरको सम्पत्ति भएका टाटा, आफ्नो सम्पत्ति र सफलताको कहिल्यै घमण्ड नगर्ने साधारण व्यक्तित्वका रूपमा चिनिन्थे। उनका निकट व्यक्तिहरूका अनुसार, टाटा धन र वैभवको प्रदर्शनभन्दा सादगी र ईमानदारीमा विश्वास गर्थे।

कूमी कपूरले आफ्नो पुस्तकमा उल्लेख गरेझैं, टाटाको जीवनशैली धेरै भारतीय अरबपतिहरूको तुलनामा सरल थियो। उनी आफ्ना दैनिक कामहरू आफैं गर्थे। एक अन्तर्वार्तामा टाटाले विदेशमा पढ्दा पैसाको अभावमा होटलमा भाडा माझ्ने गरेको अनुभव सुनाएका थिए। उनका बाल्यकालका दिनहरू पनि सहज थिएनन्। बुबाआमाको सम्बन्धविच्छेदपछि उनलाई हजुरआमाले हुर्काएकी थिइन्। दुःख र संघर्ष नजिकबाट देखेका रतनले जीवनभर कुनै देखासिकी गरेनन्।

सन् १९६२ मा जमशेदपुरस्थित टाटा स्टीलमा साधारण मजदुरको रूपमा काम सुरु गरेका रतन आफ्नो मेहनतका कारण टाटा इण्डस्ट्रिजको प्रमुखसम्मको यात्रा तय गर्न सफल भए। सन् १९८१ मा प्रमुख बन्दा कम्पनीको टर्नओभर ६० लाख मात्र थियो, जसलाई उनले विशाल कम्पनीको रूपमा विस्तार गरे।

 

 

 

तपाईको प्रतिक्रिया